विन्ध्येश्वरी आदर्श स्कुलमा नि:शुल्क आँखा शिविर

पाेखरा | चैत २५, २०८१

विन्ध्येश्वरी आदर्श स्कुलमा नि:शुल्क आँखा शिविर

पोखरा महानगरपालिका–१, मोहरिया टोलमा ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नारासहित सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा  नि:शुल्क आँ आँखा परिक्षण सम्पन्न भएको छ ।

 

वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने कार्यक्रमको अवसरमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न भएको हो ।

 

हिमालय आँखा अस्पतालले प्राविधिक सहयोगमा भएको सो शिविरमा  अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयहरुगरी सय बढीले सेवा लिएका थिए । 

 

सोही सन्दर्भमा साँस्कृतिक कार्यक्रम, शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीहरुलाई  पुरस्कृत गरिएको थियो । 

 

उक्त कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको  बार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ को लागि  कार्ययोजना राख्दै  विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई अर्वाड वितरण गरेका थिए ।

 

विद्यालयका संस्थापक शम्भु कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्